काठमाडौं : आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल शुरु हुँदैछ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ ।


ADVERTISEMENT


अर्थमन्त्री खतिवडाले बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक पेश गर्नेछन । त्यसमा सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यसूचि छ । प्रि बजेट छलफलका लागि संसदमा तीन दिनको समय तय गरिएको छ ।


ADVERTISEMENT

# # #


दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिनेछन । संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउने छन् ।

नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्ने छिन् । उक्त नीति तथा कार्यक्रमको आधारमा नयाँ बजेट सार्वजनिक हुनेछ ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक वाध्यात्मक प्रावधान छ । यो बर्षको बजेट कोरोना संक्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरणमा केन्द्रित हुने अनुमान गरिएको छ ।