काठमाडौं । किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् ।

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।


ADVERTISEMENT

# #


जारी १५औं महाधिवेशनमा सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी फिर्ता लिएसँगै राठौरले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहने बताए।


ADVERTISEMENT

#
#