काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १२१ पुगेको छ । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२१ पुगेको हो ।सोमबार प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT


यसअघि सोमबार बिहान कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा सोमबार संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका हुन् ।


ADVERTISEMENT

# # #