काठमाडौँ – नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही, पर्सा र बाराका ५७ जनामा कोरोना देखिएको हो ।


ADVERTISEMENT


नयाँ संक्रमितहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जना (सबै) पुरुष रहेको मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनालाई कोरोना देखिएको हो ।


ADVERTISEMENT

# # #


नेपालमा संक्रमण देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो । यसअघि नेपालमा सोमबार २४ जनामा कोरोना देखिएको थियो ।  सह-प्रवक्ता अधिकारीका अनुसार नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेका छन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । जसमध्ये ३३ जना निको भएका छन् भने बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।