काठमाडौं – भारतले २० लाख करोडको आर्थिक प्योकज घोषणा गरेको छ । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २ कोरोना महामारीको असर कम गर्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेका हुन् ।


ADVERTISEMENT


‘यो आर्थिक प्याकेज देशको श्रमिक र किसानका लागि हो जो, हर स्थिति, हर मौसममा देशवासीका लागि दिनरात परिश्रम गर्छन्, यो आर्थिक प्याकेज देशका मध्यमवर्गका लागि हो ।’ मोदीले भने, ‘जसले इमान्दारिताका साथ देशको विकासमा आफ्नो योगदान दिइरहेका छन् ।यो प्याकेज उद्योगीहरुको लागि हो जसले भारतको आर्थिक सामर्थ्य बुलन्द गरिदिएका छन् ।’


ADVERTISEMENT

# # #


यो प्याकेज भारतको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन् । प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए । आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको मोदीले सम्बोधनका क्रममा बताए ।