नारायण अधिकारी, चितवन – कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् ।


ADVERTISEMENT


भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।


ADVERTISEMENT

# # #


यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैटौँ र सातौँ नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्दैछ । तिवारीका अनुसार दिउँसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिँदैछ ।

चैत ३ गते हङकङ हुँदै काठमाडौँ आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा वैशाख ३ गते ¥यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजेटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही समयअघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिए । रासस