काठमाडौँ – चीन सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि चीन सरकारबाट प्राप्त स्वास्थ्य सामग्री नेपालका लािग चीनका राजदूत हउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई आज हस्तान्तरण गरिन्।


ADVERTISEMENT

# # #


जङ्गी अड्डामा भएको संक्षिप्त कार्यक्रममा राजदूत हउले कोभिड–१९ को महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सहयोग गर्नु मित्रराष्ट्रका हैसियतले आफ्नो मुलुकको दायित्व भएको बताइन् ।

चिनियाँ एयरफोर्सले ल्याएका स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलोड गर्दै चिनियाँ जनमुक्ति सेनाका जवानहरु ।

कठिन परिस्थितिमा नेपाली सेनालाई स्वास्थ्य सामग्री उपलब्ध गराएकामा प्रधानसेनापति थापाले चीन सरकारप्रति कृतज्ञता व्यक्त गरे ।