काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४५ पुगेको छ । बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २४५ पुगेको हो ।


ADVERTISEMENT


बिहीबार संक्रमण पुष्टि भएकाहरुमा काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #