काठमाडौं – काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मी लगायतको कोरोना परीक्षणको तयारी छ ।


ADVERTISEMENT


‘आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भने, काठमाडौंमा १० हजार जनाको परीक्षणको तयारी गरेका छौं ।”


ADVERTISEMENT

# # #


सबैलाई लाइनमा राखेर पहिलो व्यक्तिको पीसीआर परीक्षण हुनेछ भने त्यसपछिका दुईजनाको आरडीटी परीक्षण हुनेछ । चौथो व्यक्तिको फेरि पीसीआर परीक्षण हुनेछ ।

श्रेष्ठका अनुसार कोरोना परीक्षणमा कसैलाई पोजेटिभ देखिएमा उसको कन्ट्याक ट्रेसिङ गरेर पीसीआर गरिनेछ ।