काठमाडौँ – सरकारले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्टिय विमानस्थल आगामी आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सञ्चालनको पूर्व तयारी गरिने बताइन् । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी वर्षभित्र पूर्णतः बुटिक विमानस्थलमा रुपान्तरण गरिने उल्लेख गरिन् ।

निजगढ अन्तर्राष्टिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने उनले बताइन् ।