काठमाडौँ – सरकारले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण निमार्य कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


याङ्री र लार्के खोलाबाट थप पानी उपलब्ध हुनेगरी आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गरिने पनि उनले बताइन् । शुद्ध खानेपानीको योजनालाई दीगो बनाउन महाकाली, कर्णाली, बबई र कोशी लगायतका नदीमा आधारित थोक वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजनाको विस्तृत अध्ययन गरेर कार्यान्वयन गरिने उनले उल्लेख गरिन् ।