काठमाडौँ – सरकारले पूर्व–पश्चिम राजमार्गलाई चार लेनको द्रूतमार्गको रुपमा विकास गर्ने भएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल खण्डलाई चार लेनको बनाउन सुरु भइसकेको बताउँदै उनले बाँकी खण्डलाई पनि चार लेनको बनाएर द्रुतमार्गको रुपमा विकास गर्ने बताएकी छन् । नारायणघाट–बुटवल खण्ड र कमला–कञ्च्नपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गरिने बताइन् ।

काठमाडौँ–तराई(मधेश) द्रूतमार्गको निर्माण कार्य पनि आगामी तीन वर्षभित्रमा सम्पन्न गरिने उनले उल्लेख गरिन् ।