काठमाडौँ – आगामी आर्थिक वर्षभित्रमा नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने सरकारले लक्ष्य लिएको छ ।


ADVERTISEMENT


संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा नेपाललाई पूर्ण साक्षर राष्ट्र बनाउन लागिएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, शिक्षामार्फत हरेक युवालाई देशभक्त, भविष्यप्रति आशावान, आत्मविश्वासी, सिर्जनशील बनाउने सरकारको लक्ष्य लिएको राष्ट्रपतिले जनाइन् ।

विषयगत जनशक्ति उत्पादन गर्ने शिक्षामा सरकारले ध्यान दिने भएको छ ।