काठमाडौँ – नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साका ४ जना, दाङका ३ जना, उदयपुर र काठमाडौँका १–१ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT


काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।  संक्रमण पुष्टि हुनेहरुमा पर्साको वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र २७ वर्षीय महिला रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उदयपुरको त्रियुगा नगरपलिकाका २५ वर्षीय पुरुष तथा दाङको गढवा–४, ५ र तुलसीपुर–७ का २३, ३६ र ३४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।  यस्तै काठमाडौँको सतुंगलका ७ वर्षीय बालकमा पनि कोरोना देखिएको छ ।

यससँगै नेपालमा कोरोना संत्रमितको संख्या २६७ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।