काठमाडौँ – नेपालमा थप ५३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना पोजेटिभ देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा उनका अनुसार नयाँ संक्रमित हुनेमा भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेमा ४६ जना पुरुष र एक जना महिला गरी जम्मा ४७ जनामा कोरोना देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका १-१ जना गरी ४ जना पुरुषहरुमा कोरोना देखिएको छ भने भैरहवाको प्रयोगशाला गरिएको परीक्षणमा गुल्मीका ४१ वर्षीय पुरुषमा पनि कोरोना पाइएको छ ।

मोरङस्थित विराटनगर प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना पुरुषमा पनि कोरोना देखिएको प्रवक्ता डा. देवकोटाले  जानकारी दिए । नयाँ संक्रमित सबै १८ वर्षदेखि ४६ वर्षको उमेर समूहका रहेको प्रवक्ता डा. देवकोटाले बताए । पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट भइरहेको उनले बताए ।

यसअघि आजै ९ जनामा पुष्टि भएको थियो । आज मात्रै ६२ जना संक्रमित थपिएका छन् ।

यससंगै नेपालमा संक्रमितको संंख्या ३५७ पुगेको  छ । जसमध्ये पुरुष २९८ जना र महिला ५९ जना रहेका छन् । कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षी महिला र बाँकेका एक युवक रहेका छन् । ३६ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

नेपालमा कुल संक्रमितको स्थायी ठेगाना रहेको जिल्ला ३१ पुगेको छ । जसअनुसार प्रदेश १ मा ४० जना, प्रदेश नं. २ मा १३२ जना, बाग्मती प्रदेशमा १८ (एक मृत्युसहित) गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं. ५ मा १५९ जना (एक मृत्यु सहित) र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी कुल २७३ जना संक्रमित पुगेका छन् । कर्णाली प्रदेशमा भने आजसम्म संक्रमित फेला परेका छैनन् ।