काठमाडौं –  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज प्रधानमन्त्री केपी ओलीले जवाफ दिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले प्रश्न उठाएका छन् ।


ADVERTISEMENT


संसदमा उठेका ती प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने आजको संसद बैठकको कार्यसूचीमा छ । त्यस्तै आज गत शुक्रबार संयुक्त सदनमा पेस भएको नीति तथा कार्यक्रम र त्यसमाथिको संशोधन पनि निर्णयार्थ पेस हुनेछ ।


ADVERTISEMENT

# # #


बिहान ११ बजे राष्ट्रियसभाका प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनेछन् भने । १२ बजे उनले प्रतिनिधिसभामा जवाफ दिनेछन् । संघीय संसदको दुवै सदनबाट आज नीति तथा कार्यक्रम पारित हुनेछ ।