एजेन्सी– बाबा गुरमित राम रहिमलाई बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ सुनाइएको छ । यो पूरा मामलामा सिबिआई अदालतले हिजो भर्खरै निर्णय सुनाएपनि यसको खुलासा सन् २००७ मा दुई वरिष्ठ पत्रकारले स्टिङ अपरेशनमार्फत गरेका थिए । बाबाको पर्दाफास गर्ने पत्रकार अनुराग त्रिपाठीले एक भारतीय न्यूज पोर्टलसँग कुराकानी गर्दै स्टिङ अपरेशनबारे यसरी वर्णन गरे ।


ADVERTISEMENT


अनुराग भन्छन्, ‘सन् २००२ मा डेरा सौदाको एक साध्वीले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई सम्बोधन गर्दै एक पत्र लेखेकी थिइन् । उक्त पत्रलाई सिरसाको स्थानीय पत्रिकाका सम्पादक रामचन्द्र छत्रपतिले छापेका थिए । त्यसै वर्ष नोभेम्बर २१ तारिखमा उनको आफ्नै घरमा हत्या भयो । उनको परिवारलाई पुलिसले पनि मद्दत गरिरहेको थिएन । यस्तोमा उनीहरु तहल्का म्यागजिनमा पत्रकारसँग माग्न आए ।’


ADVERTISEMENT

# # #


‘त्यतिबेला म तहल्कामा नै थिएँ । मैले आफ्ना सिनियर एडिटरसँग उक्त खबरबारे छलफल गरें र हामीले ‘झुठा सौदा’ नामबाट स्टिङ अपरेशन गर्ने निर्णय गर्यौं । यो केसमा मेरो साथमा एत्माद खान पनि थिए ।’

ब्ल्याक क्याट कमान्डोको घेरामा रहन्छन् बाबाः

अनुराग भन्छन्, ‘हामीले डेराभित्र पुग्न निकै कसरत गर्नुपर्यो । मेन क्रसिङबाट लगभग एक किलोमिटर टाढा महलनुमा बिल्डिङ छ, त्यहाँ ढोकामै सुरक्षाकर्मी बन्दुक लिएर उभिएका हुन्थे । ’

‘बाबाको सुरक्षामा ब्ल्याक क्याट कमान्डोजस्ता गार्ड तैनाथ रहन्थे जो हतियारधारी थिए । अर्को बिल्डिङमा सुरक्षागार्डमा बस्दथे । भित्र अर्को नयाँ बिल्डिङ थिए जसमा एक कोठालाई गुफाको रुप दिइएको थियो । राम रहिम त्यहाँ नै बस्दथे । गुफाभित्र बाबालाई साध्वीले सुरक्षा प्रदान गर्दथे । ’

‘डेरातर्फ जाने रोडमा बनेको हरेक पसलमा ‘धन्य धन्य सद्गुरु, तिम्रो नै आश, साहारा’ लेखिएको थियो ।’

डेरामा प्रवेश पाउनका लागि दाह्री पाल्नुपर्योः

अनुरागले भने, ‘डेरामा प्रवेश पाउन त्यति सजिलो थिएन । भित्र जानका लागि डेरामा बस्नेहरुको विश्वास जित्नुपर्दथ्यो । हामी दुबै डेरा पुग्यौं र हामी पनि बाबाको शरणमा बस्न चाहन्छौं भन्यौं तर सुरक्षागार्डले मानेनन् । हामी थुप्रै दिनसम्म डेरा बाहिर नै बस्यौं । परिचय लुकाउनका लागि दाह्री पाल्यौं । राती त्यही सडकमा सुत्थ्यौं । हाम्रो त्यस्तो व्यवहार देखेर हामीमाथि उनीहरुलाई भरोसा भयो, त्यसपछि मात्र हामीले प्रवेश पायौं ।’

‘प्रवेश पछि हामीलाई चेम्बरमा राखेर थुप्रै प्रश्न सोधियो । बाबा ६–७ तहको सुरक्षा घेराभित्र बस्दथे । हामीले डेरामा बस्नेहरुसँग उनीहरुको समस्याबारे कुराकानी गर्न खोज्यौं तर डरका कारण उनीहरुले केही पनि बोलेनन् । त्यति नै बेला हामीलाई बाबाका ड्राइभर खट्टा सिंहबारे थाहा भयो । हामीले उनको नम्बर खोज्यौं र उनको खोजी गर्न थाल्यौं ।’

‘खट्टा सिंहलाई खोजी गर्न हामीलाई दुई महिना लाग्यो । उनी बाबाका ड्राइभर थिए र उनी पनि बाबाको वास्तविकता सार्वजनिक गर्न चाहन्थे ।’’

‘उनी कहिले हामीलाई चौबाटोमा बोलाउँथे, कहिले कुनै रेष्टुरेन्टमा । चन्डीगढको एक रेष्टुरेन्टमा हाम्रो भेट भयो । उनले स्पाइ क्यामरामा बताए, ‘रंजित सिंह बाबाका विशेष व्यक्ति थिए तर उनले उनको बहिनीको पनि बलात्कार गरे ।’

हामीले सोध्यौं, ‘रंजितको किन हत्या भयो ?’ खट्टा सिंहले भने, ‘अनुसन्धान जारी थियो । बाबालाई रंजित सिबिआईको जालान् कि भन्ने डर थियो ।’

‘रंजित डेरामा आउन कम गरेपछि बाबालाई डर लाग्यो । उनलाई साध्वीको पत्र रंजितले नै सार्वजनिक गरेका हुन् कि भन्ने पनि शंका थियो ।’

‘रंजितको बहिनीको विवाह भएको थिएन । डाक्टरले अनुसन्धान गरे आफू पक्राउ पर्ने उनलाई डर थियो ।’

‘पहिला रंजितलाई फकाउनका लागि मानिसहरु पठाइयो । उनी नमानेपछि उनको हत्या गराइयो ।’

‘खट्टा सिंहले बाबामाथि सात हत्याको आरोप पनि लगाएका थिए । बाबाले हत्या गरेर शवलाई डेरामा नै गाड्ने गर्दथे ।’

सधैं डर लाग्थ्यो, मेरो पहिलो सन्तान जन्मिने तयारीमा थियोः

अनुराग भन्छन्, ‘म बाबाको कर्तूत पर्दाफास होस् भन्ने चाहन्थें । तर मनमा भने श्रीमतीको चिन्ता लागिरहन्थ्यो । उनी गर्भवती थिइन् । म पहिलो पटक बुवा बन्न लागेको थिएँ र म श्रीमतीभन्दा टाढा थिएँ ।’

‘सधैं खतराको स्थिती थियो । हामी कहिले भाडाको कोठा त कहिले होटलमा वास्तविक परिचय लुकाएर बसेका थियौं । हामीले खट्टा सिंहबाहेक कसैलाई पनि हामी पत्रकार हौं भनी परिचय दिएका थिएनौं । ’

‘थुप्रै पटक घरबाट फोन आउँथ्यो । सम्पादक पनि दिनदिनै फोन गर्नुहुन्थ्यो । खतरा भए फर्केर आउ भनी सल्लाह दिनुहुन्थ्यो तर त्यही डरले हामीलाई आत्मबल दियो । त्यो मेरो जीवनको सबैभन्दा ठूलो कथा थियो र आज त्यसले निष्कर्ष पाएको छ ।’ रातोपाटीबाट