काठमाडौँ — भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४  म्याग्निच्युडको भूकम्प गएको हो ।


ADVERTISEMENT


भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो । सानो म्याग्निच्युडको भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले धक्का महसुस गरिएको केन्द्रले जनाएको छ । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #