काठमाडौँ – नेपाली सेना दार्चुलाको घाँटीबगर इलाका नजिकको थी मा पुगेको छ । महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तर्गत उक्त क्षेत्रमा पर्ने गोरेटो-घोडेटो बाटो निर्माणका लागि नेपाली सेना त्यहाँ तैनाथ भएको हो ।


ADVERTISEMENT


नेपाली सेनाका अनुसार व्यास गाँउपालिका वडा नं. २ स्थित घाँटीबगर इलाकामा करिव २ मिटर चौडाईको ४५० मिटर गोरेटो घोडेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको लागि नेपाली सेनाको एक सेक्सन प्लस फौज तैनाथ गरिएको हो । बाटो निर्माणको लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामाग्रीहरु सहितको टोली भने शुक्रबार (भोलि) पुग्दैछ ।


ADVERTISEMENT

# # #


गत वैशाख १४ गते सरकारको निर्णय अनुसार नेपाली सेनाले महाकाली करिडोर (दार्चुला टिंकर सड्क योजना) अन्तरगत उत्तरी तर्फ रहेको ८७ कि.मि. सडक खण्ड निर्माणको जिम्मा पाएको छ ।

चीन र भारतको सीमा नाका नजिक पर्ने व्यास गाउँपालिका–१ छाङरु र टिंकर गाउँका करिब १८२ घर परिवारका १२ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्नको लागि भारतीय बाटो प्रयोग गर्ने बाध्यतालाई अन्त्य गर्न गोरेटो बाटो बनाउन थालिएको छ । जस अन्तर्गत व्यास गाउँपालिका–२ मा पर्ने मौरी भिरमा ठुलो चट्टान र घाँटीबगरमा पहिरो समेत गएकोले आवतजावत गर्न समस्या भएको छ ।

घाँटीबगर र मौरी भिर ईलाकामा पर्ने ४५० मिटर सडक खण्ड तत्काल सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नेपाली सेना त्यहाँ पुगेको हो । उक्त सडक खण्ड सुचारु भए पश्चात स्थानीय बासिन्दाहरु नेपालकै भूमी प्रयोग गरी आवत जावत गर्न सक्नेछन् ।