काठमाडौँ – नेपालमा थप ७२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार नयाँ संक्रमण देखिनेहरुमा रौतहटका २६, बाराका २३, दैलेखका ७, बाँकेका ४, काठमाडौँका ३ जना रहेका छन् । यस्तै कपिलवस्तुका ३ जना, धनुषाका ३ जना, सप्तरीका २ जना, बर्दियाका १ जना, बाँकेका ४ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा रुपन्देही गैडहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय ३ जना पुरुष, कपिलवस्तु खैराती–३ का ३५, ३७ र ५२ वर्षीय पुरुष पनि कोरोना पुष्टि भएको छ । यस्तै गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय एक जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा संक्रमितको संंख्या ६७५ पुगेको छ । कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा र गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

८७ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

No photo description available.