काठमाडौँ – नेपालमा एकैदिन थप १५६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार (आज) थप १५६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा ७७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये धनुषाका ४ वर्षीया बालिका र ८ वर्षीय बालकसहित २ जना महिला र २५ जना पुरुष गरी २९ जना रहेका छन् । बालक र बालिकाबाहेकको उमेर १४ देखि ७० वर्षसम्म रहेको छ । यस्तै महोत्तरीका १७ जना रहेका छन् । ४५ वर्षीय १ जना महिला र १५ देखि ४५ वर्षका १६ जना पुरुषहरु रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यस्तै रौतहटका ३ जना रहेका छन् । उनीहरु १२ देखि ३० वर्षसम्मका पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सप्तरीका १२ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु १८ देखि ४२ वर्ष उमेरका सबै पुरुष हुन् । यस्तै सर्लाहीका ७ जना पुरुष रहेका छन् । उनीहरुको उमेर १७ देखि ३१ वर्षसम्म रहेको छ । सिरहाका १४ देखि ४० वर्ष उमेरका ६ जना पुरुषमा पनि कोरोना देखिएको छ । यस्तै दोलखा र सोलुखुम्बु मा पहिलो पटक कोरोना देखिएको छ । जसमध्ये दोलखाका १९ र २० वर्षीय २ जना पुरुष र सोलुखुम्बुका १ जना २६ वर्षीय पुरुष रहेका छन् ।

यस्तै   मोरङको विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै झापाका १६ देखि ४२ वर्षसम्मका पुरुषहरु रहेका छन् । यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना पोजेटिभ देखिएका छन् । संक्रमित हुनेमा सप्तरीका ३२ र ४७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङ्गजाका ३ जनामा कोरोना देखिएको छ । जसमध्ये ३६ वर्षीय महिला तथा २२ र २६ वर्षीय पुरुष रहेका छन् । यस्तै चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनी नवलपुरका १९ वर्षीय पुरुष रहेका छन् ।

सुर्खेतको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये बझाङमा पहिलो पटक कोरोना देखिएको छ । बझाङका ५५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै सुर्खेतका २ र ५ वर्षीय २ जना बालिका र १७ देखि ३७ वर्ष उमेरका ७ जना पुरुष र २२ देखि ३९ वर्ष उमेरका ४ जना महिला रहेका छन् । यस्तै एक जना बोल्न नसक्ने महिला समेर रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यस्तै दैलेखका ८ जना मध्ये २० वर्षीय एक जना महिला र १७ देखि ४० वर्ष उमेर समूहका ७ जना पुरुष रहेका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु दार्चुलाका २५ वर्षीय पुरुष, कैलालीका २५ र ३० वर्षीय पुरुष रहेका छन् ।

यस्तै किटजन्य प्रयोगशाला हेटौँटामा गरिएको परीक्षणमा एक जनामा कोरोनो पाइएको छ । उनी मकवानपुर हेटौँडाका ५० वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाँकेको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जना पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु बर्दियाका २९ देखि ३४ वर्षका ३ जना पुरुष र नेपालगञ्ज बाँकेका २८ वर्षीय १ जना पुरुषमा कोरोना पाइएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । उनका अनुसार उनीहरु सबै रौतहटका रहेका छन् । उनीहरु मध्ये ८ वर्षका बालकदेखि ४० वर्षसम्मका पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । कुल संक्रमतिमध्ये पुरुसष ९४० जना र १०२ जना रहेका छन् । जसमध्ये ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष र ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष रहेका छन् । उनमा बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।

१८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।