काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट भएको यो पाँचौँ मृत्यु हो ।


ADVERTISEMENT


मृत्यु हुनेमा ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी गत जेठ ११ गते ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएका थिए । उनको बुधबार (हिजो) मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


आइसीयूमा उपचाररत उनमा कलेजोसम्बन्धि रोग रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार गत १२ गते (मंगलबार) नमूना संकलन गरी परीक्षण मृतक संक्रमितको परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । यसअघि कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष र बाराका ७० वर्षीय पुरुषको पनि ज्यान गएको थियो । नेपालमा हाल १ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ । आज मात्रै १५६ जना नयाँ संक्रमित थपिएका छन् ।