काठमाडौँ — सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।


ADVERTISEMENT


अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विस्तार गरिन लागिएको पनि बताए ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रमअन्तर्गत विद्यालय भवन निर्माण, पुनर्निर्माण, विज्ञान प्रयोगशाला निर्माण, शिक्षकलाई तालिम, खेलकुद मैदान र भवन निर्माणलगायतका काम गरिने मन्त्री खतिवडाले जनाए