काठमाडौं –  पछिल्लो २४ घण्टामा अमेरिकामा भन्दा कोरोना संक्रमणका कारण ब्राजिलमा धेरेकै मृत्यु भएको छ । ब्राजिलमा १ हजार २९४ को मृत्यु भएको छ । सोही अवधीमा अमेरिकामा १ हजार २१३ कोरोना संक्रतिको मृत्यु भएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार अमेरिकामा भन्दा ब्राजिलमा धेरै संक्रमित थपिएका छन् । ब्राजिलमा २४ हजार १५१ संक्रमित थपिँदा सोही अवधीमा अमेरिकामा २२ हजार ३१३ संक्रमित थपिएका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समय ब्राजिल कोरोना संक्रमणको केन्द्र बनेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ४ लाख ३८ हजार ८१२ पुगेको छ । यो अमेरिका पछि सबैभन्दा धेरै संक्रमण फैलिएको देश ब्राजिल हो ।

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या एक लाख माथि पुगेको छ । ब्राजिलमा २६ हजार ९९१ को मृत्यु भएको छ । अमेरिकामा संक्रमण र मृत्यु दरमा केही कमी आउँदा ब्राजिलमा भने तिव्र गतिमा फैलिरहेको छ । अमेरिकाले ब्राजिलमा रहेका आफ्ना नागरिक तथा ब्राजिलियनहरुलाई अमेरिका आउन र जान दुई हप्ताका लागि रोक लगाएको छ ।