झापा – प्रदेश १ मा कोरोना भाइरसको केन्द्रबिन्दु बन्दै गएको झापाको कचनकवल गाउँपालिकाको एउटै क्वारेन्टाइनमा बसेका ५२ जनालाई संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिका–४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा बसेकामध्ये ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका मध्ये ९९ जनालाई सो क्वारेन्टाइनमा राखिएको थियो । कोरोना संक्रमण फैलिएको स्थानबाट आएकाले उनीहरु सबैको स्वाब नमूना संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #