काठमाडौंँ – संघीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले कोभिड–१९ को परीक्षणका लागि आरडिटी विधि प्रभावकारी नदेखिएको भन्दै सो विधिलाई तत्काल न्यू्नीकरण गरी पिसीआर विधिलाई व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


समितिको आजको बैठकले नेपाल–भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टिनलाई अझै व्यवस्थित गर्न र पिसीआर परीक्षणको सङ्ख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सदस्य डा दीपकप्रकाश भट्टले जानकारी दिए।


ADVERTISEMENT

# # #