काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन (बन्दाबन्दी) जेठ ३२ गतेसम्म लम्बिने भएको छ ।


ADVERTISEMENT


शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।

असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ ।