चितवन — भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत हेटौंडाकी संक्रमित गर्भवती कोरोनामुक्त भएकी छन् । पछिल्लो दुई दिन लगातार गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालले उनलाई आजै डिस्चार्ज गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


जेठ १४ मा हेटौंडामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी सोही दिन भरतपुर अस्पताल आएकी थिइन् ।


ADVERTISEMENT

# # #


चितवनमै डेरामा बस्दै आएकी ती महिला जेठ ९ गते हेटौंडास्थित घर गएकी थिइन् । संक्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका चितवनका व्यक्तिको पनि परीक्षण गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार उनी बस्ने घरका तीन र छिमेकी एक जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको थियो ।