तनहुँ- तनहुँमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशानलयले प्रेस वक्तव्य जारी गर्दै तनहुँमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । भारतबाट फर्किएका दुबै जना ऋषिङ्ग गाउँपालिकाको झापुटार स्थित शुक्ला माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका थिए । यसअघि संक्रमित यवा पनि ऋषिङ्ग गाउँपालिका कै हुन् ।


ADVERTISEMENT


संक्रमित युवालाई जिल्लामा स्थापना गरेको आइसोलेसन लैजाने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । उहाँका अनुसार तनहुँमा ४ सय ७० जनाको नमुना स्वाव संकलन गरेको मध्ये ४ सय १२ जनाको नेगेटिभ र ५५ जनाको रिपोर्ट आउन बाँकी छ ।


ADVERTISEMENT

# # #