राजविराज– अगामी असोज २ गते हुने स्थानीय निकायको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालले सप्तरीमा आफ्नो उम्मेदवारको सूची तयार गरेको छ ।


ADVERTISEMENT


स्थानीय तहको तेस्रो चरणअन्तर्गत हुन गइरहेको निर्वाचनका लागि फोरम नेपालले नगरपालिका र गाउँपालिकामा आफ्ना उम्मेदवार चयन गरेको बताएको छ ।


ADVERTISEMENT

# # #


राजविराज नगरपालिकाको प्रमुखमा भीमराज यादव, उपप्रमुखमा किरणकुमारी साह, कञ्चनरुप नगरपालिकाको प्रमुखमा सुदम्बर यादव, उपप्रमुखमा मीना ठाकुर, कंकालिनी हनुमाननगर नगरपालिकाको प्रमुखमा वीरेन्द्र माझी, उपप्रमुखमा सियावतीदेवी यादव, सुरुंगा नगरपालिकाको प्रमुखमा महेन्द्रप्रसाद चौधरी, उपप्रमुखमा प्रेमकुमारी थापा, खडक नगरपालिकाको प्रमुखमा हुमायु हक, उपप्रमुखमा केन्दुलाकुमारीदेवी झा, शम्भुनाथ नगरपालिकाको प्रमुखमा कन्तलाल चौधरी, उपप्रमुखमा निर्मलाकुमारी साह, डाक्नेश्री नगरपालिकाको प्रमुखमा बेचु साह, उपप्रमुखमा मिराकुमारी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा उमेश यादव र उपप्रमुखमा मिश्रा राईको नाम टुंगो लगाइएको फोरम नेपालले जनाएको छ ।

यस्तै गाउँपालिकातर्फ महदेवा गाउँपालिकाको अध्यक्षमा दीपक यादव र उपाध्यक्षमा ममता यादव, तिरहुतको अध्यक्षमा हेमन्तकुमार बहडखेर र उपाध्यक्षमा तीर्थमाया मण्डल, कृष्णासवरणको अध्यक्षमा हरिनन्दन साह, उपाध्यक्षमा रमितादेवी सदा, इटहरी विष्णुपुरको अध्यक्षमा उमेशप्रसाद यादव, उपाध्यक्षमा उषाकुमारी साह, छिन्नमस्ताको अध्यक्षमा केदारप्रसाद यादव, उपाध्यक्षमा तृष्णाकुमारी मण्डल, बलानबिहुलको अध्यक्षमा दयानन्द गोइत, उपाध्यक्षमा रुविकुमारी गुप्ता तथा तिलाठी कोइलाडीको अध्यक्षमा नवनित झा र उपाध्यक्षमा चन्द्रिकादेवी यादव रहेको बताइएको छ ।

यस्तै सप्तरीमा रहेका नौ नगरपालिका र नौ गाउँपालिकामध्ये बोदेबर्साइन नगरपालिका, रुपनी गाउँपालिका र बेल्हीचपेना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम टुंगो लाग्न अझै बाँकी रहेको जानकारी दिँदै अरु सबै नगरपालिका र गाउँपालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लागिसकेको संघीय समाजवादी फोरम नेपालका सप्तरी जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बताए । रासस