बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ काे क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो ।


ADVERTISEMENT


शुक्रबार साँझ देखी खाना नखाएका उनकाे राती मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँकै मष्टा आधारभुत बिद्यालय बुढाबाडामा रहेकाे क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #