सप्तरी- सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका ब्यक्ति हुन् ।


ADVERTISEMENT


 

संक्रमित १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । तीमध्ये एक जना महिला रहेकी छन् । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।


ADVERTISEMENT

# # #