काठमाडौँ– निर्वाचन आयोगले सहसचिव नवराज ढकाललाई आयोगको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
उनले आजैदेखि जिम्मेवारी सम्हालेका छन् । यसअघिका प्रवक्ता सूर्यप्रसाद शर्माले उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाश पाएपछि ढकालले जिम्मेवारी सम्हालेका हुन् ।


ADVERTISEMENT


निजामती सेवामा ३६ वर्षभन्दा बढी सेवा पुर्याएका शर्माले ५८ वर्ष उमेर हदका कारण आयोगको सहसचिव एवम प्रवक्ता पदबाट अवकाश पाएका हुन् । स्थानीय तहको निर्वाचन गर्न अति छोटो समय प्राप्त रहेका अवस्थामा पनि सञ्चार क्षेत्रबाट निर्वाचनको वातावरण बनाउन पुर्याएको योगदानप्रति शर्माले पत्रकारलाई धन्यवाद दिएका छन् ।


ADVERTISEMENT

# # #