काठमाडौँ – नेपालमा थप ३१४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २९४ जना पुरुष र २० जना महिला गरी थप ३१४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । जसमध्ये झापाको गौरीगञ्ज गाउँपालिकाका १८ देखि ४१ वर्षसम्मका ६ जना पुरुष, सुनसरीको कोशी गाउँपालिकाका १ जना १९ वर्षका पुरुष, मोरङको धनपालथान गाउँपालिकाका रतुवामाई नगरपालिका र लेटाङ भोगटेनी नगरपालिकाका ९ जना रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै सुर्खेतमा गरिएको परीक्षणमा १६ जना संक्रमित फेला परेका छन् । यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा १० जनाको पोजेटिभ आएको छ । उनीहरु झापाका ३ जना, पाँचथरका १ जना, सप्तरी राजविराजका एक महिलासमित ६ जना रहेका छन् ।

यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १५ जनाको पोजेटिभ आएको छ ।

प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनाको पोजेटिभ आएको छ । जसमध्ये पर्सा जगन्नाथपुरको क्वारेन्टिनका १ जना महिलासहित ८ जना, बाराको स्वर्ण गाउँपालिका, पचरौटा नगरपालिकाका एक बालिकासहित २ जना महिला र ५ पुरुष गरी ७ जना, रौतहटको गढीमाई नगरपालिकाको क्वारेन्टिनमा रहेका ४ जना पुरुष रहेका छन् ।

राप्ती स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङको बगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका ४ जना पुरुषमा पोजेटिभ आएको छ । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरि अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँके जानकी गाउँपालिकाका १ जना पुरुष, बर्दियाको मधुवन, बाँसगढी र ठाकुरबाबा नगरपालिकाका ३ महिलासहित १८ जनामा पोजेटिभ देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । जसमध्ये १४ जनाको मृत्यु भएको छ भने ४८८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।