चितवन — कोरोना संक्रमण देखिएका चितवनका एक व्यक्तिको मंगलबार बिहान निधन भएको छ । भरतपुरको निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराइरहेका भरतपुर महानगर–११ का ६८ वर्षीय उनलाई सोमबार कोरोना पुष्टि भएको थियो ।


ADVERTISEMENT


आईसीयूमा राखिएका उनलाई सोमबार राति नै भरतपुर अस्पतालको आइसोलेसनमा पठाइएको थियो ।  ती संक्रमितको मंगलबार बिहान ७ बजे निधन भएको हो ।


ADVERTISEMENT

# # #


मधुमेह र रक्तचापसम्बन्धी समस्या रहेका उनमा कोरोना संक्रमणसँगै निमोनिया पनि देखिएको चिकित्सकले बताएका छन् । उनको निधनबारे अस्पतालले छिट्टै औपचारिक विवरणसहित जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ ।