काठमाडौँ – नेपालमा थप २५० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० जना पुरुष र २० जना महिला गरी थप जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना पुरुषमा पोजेटिभ देखिएको छ । यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ३ जना पुरुष, कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौँटामा बाराका ७ जना पुरुष र धादिङका ७ जना पुरुषको पोजेटिभ आएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कर्णाली प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा ५५ जनाको पोजेटिभ आएको छ । यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ३ जना पुरुषमा कोरोना पाइएको छ ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जना पुरुष रहेका छन् भने सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका ९ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जना पुरुष, रौतहटका १५ जना पुरुष र महोत्तरीका ४ जना पुरुष रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिलासहित ८ जनामा पोजेटिभ देखिएको छ । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा २७ जनाको पोजेटिभ आएको छ । जसमध्ये रोल्पाका १४ जना पुरुष, बाँकेका १ महिला सहित १३ जना पुरुष रहेका छन् ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना पुरुष, प्यूठानका ४ जना पुरुष, रुपन्देहीका बालिका सहित ४ महिला र बालकसहित २५ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनाको पोजेटिभ आएको छ । जसमध्ये कैलालीका ७ जना पुरुष, बाजुराका १८ जनामध्ये बालिकासहित ८ महिला र बालकसहित १० जना पुरुष र बझाङका २ जना पुरुष रहेका छन् ।

यस्तै काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना पुरुषमा कारोना पुष्टि भएको छ । यस्तै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये कपिलवस्तुका १ जना पुरुष, रौतहटका ३९ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ । जसमध्ये ४ हजार २८५ जना पुरुष र ३२९ जना महिला रहेका छन् । जसमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना निको भएका छन् ।