काठमाडौँ – नेपालमा एकैदिन १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्किएका छन् । एकैदिन कोरोना निको हुनेको संख्या यो अहिलेसम्मकै उच्च संख्या हो ।


ADVERTISEMENT


आज कोरोनालाई जितेर डिस्चार्ज हुनेकाहरुमध्ये ८ जना महिला र १७९ जना पुरुष गरी १८७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना निको हुनेको संख्या ८६१ पुगेको छ । जसमध्ये ७७४ जना पुरुष र ८७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।


ADVERTISEMENT

# # #


नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ । आजै थप २५० जना नयाँ संक्रमित फेला परेका छन् ।