भक्तपुर – भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालन भएका छन् । अस्पतालमा यही जेठ २५ गते सिन्धुपाल्चोक लिसङ्खुपाखा गाउँपालिका–३ घरभई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा आजबाट सञ्चालन गरिएको हो ।


ADVERTISEMENT


सुत्केरी भएको आधा घण्टापछि श्वासप्रश्वासमा समस्या आएका कारण मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्कामा सेवा बन्द गरिएको थियो । यही जेठ २७ गते कोरोना नेगेटिभ नतिजा आएपछि सोहीदिन जिल्ला प्रशासनले शव व्यवस्थापन गरेको थियो ।


ADVERTISEMENT

# # #


अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले बुधबार आकस्मिक कक्ष सञ्चालन गरे पनि अस्पतालका सबै कक्षमा भाइरस निर्मलीकरण र अस्पताल सरसफाइ गरेपछि आजदेखि अस्पतालले सबै सेवा सञ्चालनमा ल्याएको बताए ।