काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख २३ हजार ८ सय ११ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७५ लाख ९५ हजार ६४६ जनामा कोरोना संक्रमण देखिसकेको छ ।


ADVERTISEMENT


विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै कोरोनाको प्रभाव अमेरिकी देशहरुमा परेको छ भने सबैभन्दा कम अफ्रिकन देशमा संक्रमण फैलिएको छ । अमेरिकन देशहरुमा हालसम्म कोरोना संक्रमण ३४ लाख ८५ हजारभन्दा धेरैमा फैलिसकेको छ भने अफ्रिमा महादेशमा यो संख्या १ लाख ५० हजारमा सिमित छ । युरोपमा २३ लाख ३९ हजारभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ ।


ADVERTISEMENT

# # #