काठमाडौँ – नेपालमा थप ४४८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ४२४ जना पुरुष र जना २४ महिला गरी थप जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवत्तडा डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १४१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जसमध्ये बाराका १ जना पुरुष, धादिङका १ पुरुष, धनुषाका १ जना पुरुष, नुवाकोटका १ पुरुष, रौतहटका ८६ जना पुरुष, काठमाडौँकी १ महिला र सर्लाहीका ९ महिला र ४१ पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ जना पुरुष र झापाका ७ पुरुष गरी ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा महोत्तरीका १० जना पुरुष र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना पुरुषमा पनि कोरोना पाइएको छ ।

यस्तै कर्णाली प्रदेशका प्रयोगशालामा गरिएको परीक्षणमा ८३ जनाको पोजेटिभ आएको छ । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञानको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनाको पोजेटिभ आएको छ । जसमध्ये सप्तरीका १७ जना पुरुष, उदयपुरका ३ जना पुरुष र सिरहाका ११ जना पुरुष रहेका छन् । यस्तै ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १ जना पुरुषको पोजेटिभ आएको छ ।

यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको पोजेटिभ आएको छ । जसमध्ये इलामका १ जना पुरुष, झापाका ६ जना पुरुष, सुनसरीका १ महिला र ९ जना पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३ जना पुरुष, स्याङ्गजाका २२ जना पुरुष, नवलपरासी पूर्वका १ जना पुरुष र तनहुँका १ पुरुष गरी ३७ जना रहेका छन् । यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जनाको पोजेटिभ आएको छ । जसमध्ये बर्दियाका २ महिला र १३ पुरुष र बाँकेकी १ महिला रहेका छन् ।

यस्तै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा ३२ जनाको पोजेटिभ आएको छ । जसमध्ये नवलपरासी पूर्वका ४ जना पुरुष, मोरङका १ जना पुरुष, धादिङका २ महिलासहित २७ जना रहेका छन् ।

यस्तै प्रादेशिक प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना पुरुष, महोत्तरीका ६ जना पुरुष, सर्लाहीका ३ जना पुरुषमा पनि कोरोना पोजेटिभ पाइएको छ । यस्तै काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका १ महिला र ३ जना पुरुष र सर्लाहीका ४ जना पुरुष गरी ८ जना रहेका छन् ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ महिलासहित ८ जनामा पोजेटिभ देखिएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २ जना पुरुष, गुल्मीका १ जना पुरुष, पाल्पाका १ पुरुष, प्यूठानका २ पुरुष, रुपन्देहीका ३ महिला र १३ जना पुरुष, नवलपरासी पश्चिमका १ महिला र १ पुरुष गरी २४ जनामा पोजेटिभ देखिएको छ ।

यो नेपालमा एकै दिनमा देखिएको अहिलेसम्मकै उच्च संख्या हो । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । जसमध्ये पुरुष ४७०९ महिला ३५३ जना रहेका छन् । जसमध्ये १६ जनाको मृत्यु भएको छ भने ८७७ जना निको भएका छन् ।