कञ्चनपुर – कञ्चनपुरको लालझाडी संरक्षित वन क्षेत्रमा रहेका वन्यजन्तुको अवस्थाबारे अध्ययन गर्न ‘क्यामेरा  ट्रयापिङ’ ’जारी रहेको छ । वन्यजन्तुको वासस्थान, वन्यजन्तुका प्रजाति पहिचान गर्न र सङ्ख्या यकिन गर्न सो कार्य शुरु गरिएको थियो ।


ADVERTISEMENT


यही जेठको पहिलो सातादेखि संरक्षित वन क्षेत्रको ‘कोर’ एरियालाई छाडेर अन्य क्षेत्रमा ट्रा्यापिङको कार्य भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले बताए । वन्यजन्तुको अवस्था पहिचानसँगै वन्यजन्तुको चोरी शिकारी र वनपैदावार तस्करी गर्नेहरुको पहिचान गर्नका लागि क्यामेरा ट्रा्यापिङको कार्य अगाडि बढाएका छौँ कार्यालय उनले भने, “एक महिनासम्म क्यामेरा ट्रा्यापिङको कार्य जारी रहन्छ ।”


ADVERTISEMENT

# # #


तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा संरक्षित वन क्षेत्रमा सो कार्य भइरहेको छ । संरक्षित वन क्षेत्रको चुरेदेखि तराईका क्षेत्रसम्म ४० वटा स्वचालित क्यमेरा जडान गरिएका छन् । वन्यजन्तुले हिँड्ने करिडर, घाँसे मैदान, वन क्षेत्रका रहेका ताल तलैया, सम्भावित वन्यजन्तु र वनपैदावारको चोरी हुने क्षेत्रमा क्यामेरा राखिएका छन् ।

सो कार्यका लागि डिभिजन वन कार्यालयका दुई र तालका चारजना कर्मचारीलाई खटाइएको छ । ती कर्मचारीले दैनिक क्यामेरा जडान गरेका ठाउँमा पुगेर जानकारी सङ्कलन गर्ने कार्य गरिरहेका छन् ।

क्यामेरा ट्रा्यापिङको सहायताले गरिएको अध्ययनमा हालसम्म वन क्षेत्रमा चित्तल, ठूलो बिरालो, चितुवा, निलगाई, बँदेललगायतका जनावर देखा परेका छन् ।संरक्षित वन क्षेत्रमा जडान गरिएका मध्ये तीनवटा क्यामेरा चोरी भएका छन् । क्यामेरा चोरी गर्नेको खोजी कार्य शुरु गरे पनि हालसम्म फेला नपरेको उनले बताए ।

जेठ मसान्तमा क्यामेरा ट्रा्यापिङको कार्य पूरा भएपछि वन क्षेत्रमा क्यामेरामा देखिएका वन्यजन्तु र चोरी शिकारीको अवस्थाबारे विश्लेषण गरी अध्ययनमा खटिएका व्यक्तिले डिभिजन वन कार्यालयमा प्रतिवेदन पेश गर्ने छन् ।

प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षण, वासस्थानमा सुधार र चोरी शिकारी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे डिभिजन वन कार्यालयले योजना बनाई कार्यान्वयन गर्ने बताइएको छ । लालझाडी संरक्षित क्षेत्र हात्ती, पाटेबाघलगायतको आवतजावत गर्ने बसोवास गर्ने वासस्थानका रुपमा परिचित रहेको छ ।

वन, जैविक विविधता तथा जैविक मार्गको व्यवस्थापनका लागि संरक्षित वन घोषणा गरिएको हो । संरक्षित वनको ८७ प्रतिशत भाग तराई र १३ प्रतिशत भाग चुरे क्षेत्रमा पर्छ । संरक्षित वनको क्षेत्रफल २९ हजार ६४१ दशमलव ७५ हजार हेक्टर रहेको छ ।