काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रतिनिधि सर्भामा बोल्दै भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन।’


ADVERTISEMENT


‘आजको ऐतिहासिक बैठक हो। यस्तो दिनमा किन समय निर्धारण गर्नेरु मनमा भएको कुरा बोल्न दिनुपर्छ। आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन।’


ADVERTISEMENT

# # #


‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’

उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए । ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोले भने, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ ?

नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’