काठमाडौं – ओमानमा अलपत्र परेका १६६ जना नेपालीहरु स्वदेश फर्किएका छन् । सलाम एयरको जहाजमार्फत उनीहरु सोमबार मध्यान्ह काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।


ADVERTISEMENT


बिदेसमा कोरोना भाइरस (कोभिड–१९)बाट प्रभावित नेपालीलाई आवश्यक मापदण्ड पालना गरी नेपाल आउन सहजीकरण गर्ने भन्ने नेपाल सरकारको निर्णय अनुसार ओमानमा रहेको नेपाली दूतावासको सहकार्यमा उनीहरुलाई नेपाल ल्याइएको छ । नेपालीहरुको हवाई टिकट व्यवस्थापनका सम्बन्धमा ओमानस्थित नेपाली राजदुतावाससंगको सहकार्यमा सलाम एयरले सुलभ दरमा टिकट उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


ओमानबाट आइपुगेका उनीहरुलाई साझा यातायात मार्फत नेपाली सेनाले भक्तपुरमा तयार पारेको होल्डिङ सेन्टरमा पुर्‍याइएको छ । त्यहाँ केही दिन बसेपछि उनीहरु लाई सम्बन्भित स्थानीय तह र प्रदेशले सम्पर्क गरेर आफ्नो निकायमा लैजाने छन् ।

सलाम एयरले नेपालमा आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई ट्राभलको जीएसए व्यवस्थापनमा उडान भर्दै आइरहेको छ । नेपालमा आफ्नो हवाई सेवा विस्तार गरेको करिब डेढ वर्षको हाराहारीमा नै माहामारीको अवस्था झेल्नु परेता पनि मानवीय सेवाका लागि सलाम एयरको निक्कै ठूलो योगदान रहेको कुरा आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले जनाए ।