नयाँदिल्ली — भारतीय र चिनियाँ सेनाबीच सोमबार लद्दाख क्षेत्रमा भएको हिंसात्मक झडपप्रति संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


मंगलबार बिहान संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा सोमबारको घटनाप्रति चिन्ता व्यक्त गर्दे भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन आग्रह गरिएको छ । भारत र चीनबीच विगत एक महिनादेखि कायम रहेको तनाव बढ्दै गएर सोमबार साँझ हिंसात्मक झडपको रुप लिएको हो ।


ADVERTISEMENT

# # #


पूर्व लद्दाखको गलवन उपत्यकामा भएको झडपमा परी एक अधिकृतसहित बीस भारतीय सैनिकको मृत्यु भएको छ । चिनियाँ पक्षतर्फ भएको हताहतको अझै विवरण अझै आएको छैन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । घटनालाई लिएर भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन् ।