काठमाडौँ – नेपालमा थप ५८६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । यो एकैदिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै उच्च संख्या हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ५४६ जना पुरुष र ४० जना महिला गरी थप ५८६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २६५ जनाको पोजेटिभ आएको छ । उनीहरु कपिलवस्तुका २ जना महिला र ८ जना पुरुष, महोत्तरीका ६ जना महिला र १८३ जना पुरुष, रौतहटका ५ जना महिला र ३४ जना पुरुष, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ जना महिला र ३ जना पुरुष र प्यूठानका १८ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै काभ्रेको धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । जसमध्ये धनुषाका २ जना महिला र २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुष रहेका छन् । यस्तै चितवनको भरतपुर अस्पताल प्रयोगशालामा अर्घाखाँचीका ३ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कैलालीका १ जना पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पर्वतका १ जना महिला र २ जना पुरुष, नवलपरासी पूर्वका १७ जना पुरुषमा कोरोना पाइएको छ । यस्तै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयरपुरका ४ जना पुरुष र सिरहाका १ जना पुरुष गरी ५ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै कर्णालीमा १८ जनामा पोजेटिभ देखिएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा २७ जनामा पोजेटिभ देखिएको छ । जसमध्ये धनुषाका ४ जना पुरुष, महोत्तरीका १ जना महिला र ४ जना पुरुष, बाराका १ जना महिला र ६ जना पुरुष र रौतहटका ११ जना पुरुष रहेका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ९ जना पुरुष र झापाका २ जना पुरुष गरी ११ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ६ जना पुरुषमा पोजेटिभ पाइएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ जना महिला र २४ जना पुरुष, प्यूठानका १ जना महिला र १९ जना पुरुष, रुपन्देहीका २ जना महिला र २ जना पुरुष र अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुष गरी ५९ जनामा पोजेटिभ पाइएको छ ।

यस्तै बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १ जना महिला र बर्दियाका १ जना महिला र ३० जना पुरुष गरी ३२ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १ जना महिला र ७ जना पुरुष र सल्यानका ३ जना महिला र २२ जना पुरुष गरी जम्मा ३३ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १ जना महिला र ६ जना पुरुषमा कोरोना देखिएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुगेको छ । त्यसमध्ये महिला ५३९ जना र पुरुष ६ हजार ६३८ जना रहेका छन् । जसमध्ये १९ जनाको मृत्यु भएको छ भने ११६७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।