पोखरा- हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमित भेटिएका छन । स्थायी ठेगाना कपिलबस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्ति सरकारी कार्यालयका प्रमुख रहेको र उनी हालैमात्र घरबाट मनाङ फर्किएका थिए ।


ADVERTISEMENT


गण्डकीमा आजमात्रै ४२ जना संक्रमित थपिएका छन ।निर्देशनालयका अनुसार पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना सक्रमण पुष्टी भएको हो । प्रदेश स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माका अनुसार मनाङका बाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन ।


ADVERTISEMENT

# # #


क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ ।