पोखरा- गण्डकी प्रदेशमा आज एकैदिन ७७ कोरोना संक्रमित थपिएका छन । प्रदेशमा यो दैनिक वृद्धिदर हालसम्मकै उच्च हो । योसंगै प्रदेशभी संक्रमितको संख्या ३ सय २४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हिमाली जिल्ला मनाङमा पहिलोपटक एक जनामा संक्रमण देखिएको छ ।


ADVERTISEMENT


कपिलबस्तु बाणगंगा–१४ घर भइ हाल मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्ति सरकारी कार्यालयका प्रमुख हुन् । उनी हालैमात्र घरबाट मनाङ फर्किएका थिए ।


ADVERTISEMENT

# # #


यस्तै, पूर्वी नवलपरासीमा थप ३१ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । यसैगरी तनहुँमा १५, गोरखा ११, पर्वत र स्याङजामा ९/९ तथा बागलुङमा एक संक्रमित थपिएका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माका अनुसार मनाङका बाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन । क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । प्रदेशमा संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएका छन ।