पर्वत — संक्रमितको उपचारमा खटिएका पर्वतका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान प्राप्त जानकारी अनुसार गुप्तेश्वर क्याम्पसको आइसोलेसनमा संक्रमितको उपचारमा खटिएका २ डाक्टर, १ स्टाफ नर्स, १ ल्याब असिस्टेन्ट र १ जना कार्यालय सहयोगीलाई संक्रमण देखिएको हो ।


ADVERTISEMENT


जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड पोस्टका सूचना अधिकारी प्रविण भण्डारीका अनुसार उनीहरु सबैजना सदरमुकामकै एक होटलको क्वारेन्टाइनमा बसिरहेका थिए । सबै स्वास्थ्यकर्मीहरुलाई कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । पर्वतमा हालसम्म भारतबाट आएका व्यक्तिहरुमा मात्रै कोरोना भेटिएकोमा स्वास्थ्यकर्मीलाई भेटिएको यो पहिलो हो ।


ADVERTISEMENT

# # #