सुदुरपश्चिम् । नेपाल-भारतको सिमानाका गौरफण्टामा विचल्ली परेका नेपाली हरु लाई नेपाली काङ्ग्रेस का युवा नेता नैनसिंह महर र युवा नेता गजेन्द्र बिक्रम शाही,दिवेन्द्र जोशी लगाएतका युवाहरु को नेतृत्वमा खाना खुवाउन जुटेका छन् ।
भारत बाट सुदुरपश्चिम् मात्रै ३ लाख जनता नेपाल भित्रिएका थिए


ADVERTISEMENT


 

राज्यले सीमामा विचल्ली परेका नागरिकका लाई संवेदनहीनता प्रर्दशन गरेको छ । ३ लाख शुदुरपश्चिम् प्रवेश गरेका मध्य १० हजार को मात्र टेस्टिङ गरेको छ । सिमाबाट प्रवेश गर्न दिएन । अस्त व्यस्तको सीमाको बसाईले रोगले समेत थुप्रै संक्रमीत हुन सक्ने अवस्था छ । खाना,पिउने पानी,व्यवस्थित क्वारेन्टीन र टेस्टिङ्गको समेत व्यवस्था छैन । राज्य वेखवर हुँदा हामी आफै खान,पानीको व्यवस्थापनमा जुटेको नेता महरले बताउनु भयो ।


ADVERTISEMENT

# # #


 

हरेक दिन हजारौंको दरले नेपाल फर्किएका जनता खाना समेत नपाएर विचल्लीमा पर्ने गरेको स्थितिमा मानवियताको भावनाले गजेन्द्र शाही नेतृत्वको कोलावेरिटी ले एक महिना देखि खाना खुवाउने अभियान नै थालेको छ ।