काठमाडौं – विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनौटमा इटालीलाई स्पेनले पराजित गरेको छ । सन् २०१८ मा रुसमा हुने विश्वकप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनले इटालीलाई ३ – ० ले पराजित गरेको हो ।


ADVERTISEMENT


स्पेनमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । स्पेनिस क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा पहिलो हाफको दुवै गोल रियलका स्ट्राइकर इस्कोले गोल गरे । खेलको १३ औं मिनेटमा इस्कोले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।


ADVERTISEMENT

# # #


खेलको ४० औं मिनेटमा इस्कोले व्यक्तिगत दोस्रो गोल गरेपछि इटालीमाथि स्पेन पहिलो हाफमै २ – ० ले अघि रह्यो ।

दोस्रो हाफमा स्पेनले थप एक गोल गर्यो । खेलको ७७ औं मिनेटमा रियल मड्रिडका पुर्व खेलाडी मोराटाले गोल गर्दै टोलीको अग्रता ३ – ० को बनाए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल स्पेनले सहजै जित्न सफल भयो । मोराटा यसै सिजन सान्टियागो बेर्नाबेउ छाडेर इन्ग्लिश क्लब चेल्सी गएका हुन् ।

यो जितसँगै समूह ’जी’ को स्पेनले विश्वकपमा पुग्ने सम्भावना बलियो बनाएको छ । जितपछि स्पेनले ७ खेलबाट १९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको इटालीले १६ अंक जोडेको छ । यो समूहबाट एक टोलीले विश्वकप यात्रा तय गर्ने छन् । दोस्रो स्थानमा रहने टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।